सिलगढीमा आशा कर्मीहरूद्वारा विक्षोभ प्रदर्शन

सिलगढी : आशा कर्मीहरूको स्वार्थविरोधी ढाँचा रद्द गरिनुपर्ने, सरकारी स्वास्थ्य कर्मीहरूलाई मान्यता दिनुपर्ने, साप्ताहिक छुट्टी, पीएफ, पेन्शन लगायत विविध मागहरूलाई लिएर आज सिलगढीको हासमी चौकमा दार्जिलिङ जिल्लाका आशा कर्मीहरूले विरोध प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार आशा कर्मीहरूले आज हासमी चोकमा पथ अवरोध गरेर विरोध प्रदर्शन गरे तापनि पुलिस घटनास्थलमा पुगेर विरोध प्रदर्शन हटाएको बताइएको छ। विभिन्न मागहरूलाई लिएर आशा कर्मीहरूले नवान्न अभियान गर्ने तिनीहरूले बताए। आशा कर्मीहरूलाई 20 दिसम्बरसम्म समय दिए तापनि कुनै पहल नगरेकोले आज राज्यका आशा कर्मीहरूले कोलकाताको कालीघाटस्थित मुख्यमन्त्री ममता ब्यानर्जीको घर घेराउ गर्न गएका आशा कर्मीहरूलाई पक्राउ गरेकोले यसको प्रतिवाद जनाउँदै आज राज्यभरिमै तिनीहरूले विक्षोभ गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *