सिलगढीमा एटीएमबाट ब्याट्री चोरी गर्ने प्रयास, 1 जना पक्राउ

सिलगढी : सिलगढीमा एटीएमबाट ब्याट्री चोरी गर्ने प्रयास गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्ने व्यक्तिको नाम सुबीर सरकार (54) बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गौतम देवको इलाकामा रहेको एउटा एटीएमबाट एकजना व्यक्तिले ब्याट्री चोरी गर्ने प्रयास गरिरहेको थियो। त्यस समय पेट्रोलिङ अवधि पानीट्याङ्की आउटपोस्ट पुलिस र सिलगढी थाना पुलिसले एटीएम भित्रबाट आवाज सुनेपछि आरोपी सुबीरलाई रङ्गेहात पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपीबाट मोठ 3 वटा एटीएमको ब्याट्री पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *