सिलगढीमा एटीएम लुटपाट गर्ने उद्देश्यले तोडफोड गरेको आरोपमा सिक्किमका मुदित बोथरा पक्राउ

सिलगढी: सिलगढीमा एटीएम लुटपाट गर्ने उद्देश्यले तोडफोड गरेको आरोपमा सिक्किमका मुदित बोथरालाई प्रधान नगर थाना पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार मुदित बोथरा गत राति सिलगढीको विश्वदीप सिनेमा हल नजिकमा रहेको एउटा एटीएममा लुटपाट गर्ने उद्देश्य लिएर प्रवेश गरे। आरोपीले एटीएमको शटर झारेर एटीएम तोडफोड गर्ने प्रयास गरे तर रूपियाँ लुटपाट गर्न अगावै त्यहाँ लगाइएको अलारम बज्न थालेपछि मुदित बोथरा त्यहाँबाट भागे। उक्त घटनाको खबर पाउन साथ प्रधान नगर थाना पुलिसले सादा पोशाकमा कार्वाही शुरू गर्नको साथै सीसीटीभी फुटेजको सहायतामा आरोपीलाई चिन्हित गरेर केही घन्टा पछि नै आरोपीलाई जक्शनबाट पक्राउ गरे। आज आरोपीलाई पुलिसले सिलगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *