सिलगढीमा एटीएम लुट्ने प्रयास

सिलगढी : सिलगढीको आशिघर आउटपोस्ट अन्तर्गत पर्ने घोगोमाली इलाकास्थित एउटा राष्ट्रियकृत ब्याङ्कको एटीएम लुट्ने प्रयास गर्यो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार केही दुष्कृतिहरूले गत राति घोगोमालीस्थित एउटा राष्ट्रियकृत ब्याङ्कको एटीएम भत्काएर रुपियाँ लैजाने प्रयास गरे तापनि असफल भएको बताइएको छ। घटनाको खबर पाएर आशीघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरे। घटनाको जाँचमा जुटेका पुलिसले एकजना सन्दिग्ध व्यक्तिलाई हिरासतमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *