सिलगढीमा एटीएम लुट्ने प्रयास, 2 जना पक्राउ

सिलगढी : सिलगढीको देवीडाङ्गामा एटीएम मसिन उठाएर लैजाने प्रयास गरेको आरोपमा पुलिसले दुईजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत 31 जुलाई राति केही दुष्कृतिहरूले देवीडाङ्गामा एउटा गैर सरकारी ब्याङ्कको एटीएम मसिन उठाएर लैजाने प्रयास गरेको थियो। यसपछि घटनाको जाँचमा जुटेका प्रधाननगर थाना पुलिसले राहुल सिंह र नरेन्दर शाहलाई पक्राउ गरेको छ भने अन्य आरोपीहरूको खोजी शुरू गरेको छ। पक्रा परेका दुईजना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका आरोपीमध्ये नरेन्दर पेशाले वाहन चालक हुन् भने तिनले एटीएम मसिन वाहन लैजाने पुरा बन्दोबस्त गरेका थिए। आरोपीहरूले एटीएम मसिन भत्काए तापनि त्यसलाई त्यहाँबाट निकाल्न नसकेपछि घटनास्थलबाट चम्पट कसेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *