सिलगढीमा अवैध होर्डिङविरुद्ध नगरनिगमको अभियान शुरू, 10 दिनमा सहरबाट होर्डिङहरू हटाउने चेताउनी

सिलगढी: सिलगढीमा अवैध होर्डिङविरुद्ध नगरनिगमले अभियान चलायो। सिलगढी सहरमा धेरैवटा अवैध होर्डिङहरू टाँसिएको छ जसको ट्याक्स नगरनिगमले पाएको छैन। नगरनिगमले अब यी अवैध होर्डिङविरुद्ध कर्वाही गर्नेछ। सिलगढी नगरनिगमका मेयर परिषद राजेश प्रसाद साहको नेतृत्वमा आज नगरनिगमका कर्मचारीहरूले सालुगढामा अवैध होर्डिङ विरुद्ध अभियान चलायो। सालुगढा संलग्न एउटा खाली जमिनमा धेरै समयदेखि होर्डिङ डिस्प्ले गरे लगाइएको ती होर्डिङहरू त्यहाँबाट हटाइयो। यस विषयमा नगरनिगमका मेयर परिषद राजेश प्रसाद साहले भने, सिलगढीमा यस्ता धेरै अवैध होर्डिङहरू लगाइएको छ। नगरनिगमले यसलाई चिन्हित गरेर एउटा तालिका तयार गरेको छ। यसै अन्तर्गत नगरनिगमले अघिल्लो कार्वाही गर्नेछ। उक्त अभियान आगामी दस दिनसम्म चल्नेछ भने यस अवधि सबै अवैध होर्डिङहरू हटाइनेछ। अवैध होर्डिङले गर्दा नगरनिगमलाई ट्याक्समा नोक्सान भइरहेको छ। तर अब यस्तो हुनेछैन। यदि कुनै व्यक्तिले आफ्नो खाली जमिन अथवा छतमा कुनै प्रकारको होर्डिङ डिस्प्ले गर्छ तिनीहरूले नगरनिगमबाट अनुमति लिनको साथै ट्याक्स पनि तिर्नु पर्नेछ। उक्त नियमलाई अवहेलना गरेको खण्डमा कर्वाही गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *