सिलगढीमा अवैध कल सेन्टरको खुलासा, मुख्य आरोपी पक्राउ

सिलगढी : सिलगढीमा अवैध कल सेन्टरका मुख्य आरोपीलाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति अमर माहातोको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, सिलगढी शक्तिगढको काठालतलास्थित एउटा बहुतले भवनमा रहेको अवैध कल सेन्टरबाट एनजेपी थाना पुलिसले हिजो 6 जना युवतीलाई पक्राउ गरेको थियो। यसको साथै उक्त कल सेन्टरबाट केही मोबाइल, ल्यापटप र केही कागजपत्र उद्धार गरेको थियो। पक्रा परेका 6 जना युवतीलाई हिजो अदालतमा पेश गर्नको साथै घटनाको जाँचमा जुटेका पुलिसले कल सेन्टरका मुख्य आरोपीलाई पोराझार इलाकाबाट पक्राउ गरेको बताइएको छ।  पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *