सिलगढीमा अवैध कल सेन्टरमा छापामार अभियान चलाएर दुईजना महिला सहित चारजना पक्राउ

सिलगढी: भक्ति नगर थानाका आईसी अमरेश सिंहको नेतृत्वमा सेभोक रोडस्थित एउटा होटलको पहिलो फ्लोरमा चलिरहेको अवैध कल सेन्टरमा गत राति छापामार अभियान चलाएर महिलाहरू सहित चार जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सोनादा निवासी राजीव प्रधान र प्रधान नगरको चम्पासारी निवासी विजय उपाध्याय अनि महिलाहरूमा ज्योति नगरका रेबिका परियार र सालुगढाका सुमन थापा सामेल छन्। यसको साथै पुलिसले कम्प्यूटर, मोबाइल, सिम कार्ड सहित अन्य सामग्रीहरू पनि जफत गरेको छ। पक्रा पर्ने चारैजना आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरियो।
भक्ति नगर थाना पुलिस सूत्र अनुसार सेभोक रोडस्थित एउटा गैर सरकारी होटलको पहिलो फ्लोरमा ओभी इन्टरनेशनल नाम गरेको एउटा कम्पनी चलाइरहेको थियो। पुलिसले गत राति छानबीन गर्दा उक्त कम्पनीको कुनै पनि वैध लाइसेन्स अथवा कुनै पनि रेजिस्ट्रेशन कागज-पत्र नरहेको थाहा पाएपछि नै चारजनालाई पक्राउ गरेको बताइएको छ। ओभी इन्टरनेशनल नामको आड़मा मानिसहरूलाई ठग्ने काम गरिरहेको तिनीहरू विरूद्ध आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *