सिलगढीमा अवैध रूपमा ग्यास सिलेन्डर रिफिलिङ, एकजना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले सिलगढी नगरनिगमको 40 नम्बर वार्डको असरफ नगर इलाकाको एउटा घरमा अभियान चलाएर गैर-कानुनी रूपमा ग्यास सिलेन्डर रिफिलिङ गर्ने गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ।  पक्रा परेका व्यक्ति मोहम्मद गुड्डुको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार 40 नम्बर वार्डको एउटा घरमा गैर कानुनी रूपमा ठुलो ग्यास सिलेन्डरबाट स-साना ग्यास सिलेन्डरमा ग्यास रिफिलिङ गर्ने गरेको खबर पाएपछि पुलिसले आज उक्त घरमा छापामारी अभियान चलाएर धेरै संख्यामा ठुला-साना ग्यास सिलेन्डर उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *