सिलगढीमा वामफ्रन्टको नगरनिगम अभियान

सिलगढी : नगरनिगमको चुनाउ चाँडै गरिनुपर्ने लगायत 8 सूत्रीय मागलाई लिएर वामफ्रन्टले आज नगरनिगम अभियान शुरू गर्यो। यस अवधि वाम नेता तथा कार्यकर्ताहरूले सिलगढी नगरनिगमको गेटअघि विक्षोभ प्रदर्शन गरे। यस अवसरमा वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य, सीपीआईएम दार्जिलिङ जिल्ला सचिव जीवेश सरकार लगायत धेरैजना वाम नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। प्राप्त जानकारीअनुसार वामफ्रन्ट नेता तथा कार्यकर्ताहरूले आज सिलगढी नगरनिगमको गेट अघि विक्षोभ प्रदर्शन गरे। यस अवसरमा अशोक भट्टाचार्यले भने, राज्य सरकारले चुनाउमा पराजय हुने भयले नगरनिगम बोर्डको कार्यकाल समाप्त भए तापनि चुनाउ गर्नको बद्ली अनैतिक रूपमा नगरनिगम प्रशासकको  नियुक्ति गरेर नगरनिगमको सत्ता यथावत् राख्ने प्रयास गरिरहेको छ। यसैले वामफ्रन्टद्वारा चाँडै नगरनिगमको चुनाउ गरिनुपर्ने माग गरेको तिनले बताए। यसको साथै प्रशासनिक बोर्डले गरिब मानिसहरूको सबै प्रकारको भत्ता नदिएर लाखौँ-लाखौँ रुपियाँ व्यय गरेर नगरनिगमलाई सजाउने कार्य गरिरहेको छ। यसबाहेक कोरोनाको भ्याक्सिनलाई लिएर पनि तृणमूल कङ्ग्रेसले दलबाजी गरिरहेको तिनले आरोप लगाए। तिनले अझ भने, हाल नगरनिगमलाई पहेँलो कार्ड देखाएका छौँ यदि आफूहरूको माग पुरा नगरेको खण्डमा रातो कार्ड देखाउने तिनले बताए। अर्कोतिर, सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकारले अशोक भट्टाचार्यको मन्तव्यको आलोचना गर्दै सिलगढीका मानिसहरूले तिनलाई रातो कार्ड देखाइसकेको छ। चुनाउमा एक-दुईवटा भोट पाएका व्यक्तिले यस प्रकारको कुरा गर्नु शोभा नदिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes