सिलगढीमा बन्द रहेको कोल्ड स्टोरेजमा आगलागी

सिलगढी : सिलगढीको अढ़ाई माइल संलग्न एउटा बन्द रहेको कोल्ड स्टोरेजमा आज बिहानै आगलागी हुँदा क्लोड स्टोरेज जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले कोल्ड स्टोरेज भित्रबाट आगोको धुवाँ देखेपछि घटनाबारे अग्निशमन विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। स्थानीय मानिसहरूको भनाइअनुसार कोल्ड स्टोरेज धेरै समय अघिदेखि बन्द अवस्थामा रहेकोले यहाँ प्रत्येक दिन साँझ असामाजिक मानिसहरूको अड्डा हुने गर्दछ। आगलागी हुन अगावै तिनीहरूलाई यहाँबाट लखेटेको साथै सम्भवतः तिनीहरूले नै उक्त आगो लगाएको हुनसक्ने स्थानीय मानिसहरूको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *