सिलगढीमा ब्याङ्क खाताबाट 91 हजार रुपियाँ हराएपछि पुलिस समक्ष गुहार

सिलगढी : सिलगढीमा एकजना व्यक्तिको ब्याङ्क खाताबाट 91 हजार रुपियाँ हराएको मामिला अघि आएको छ। यसपछि उक्त व्यक्तिले पुलिस समक्ष गुहार लगाएका छन्। प्राप्त जानकारीअनुसार आज दिउँसो अम्बिकानगर निवासी सेवानिवृत्त कर्मी कमल देव रायको मोबाइल फोनमा ब्याङ्क खाताबाट दुई किस्तामा 86 हजार र 5 हजार रुपियाँ गरेर मोठ 91 हजार रुपियाँ निकालेको म्यासेज आयो। यान्त्रिक खराबीको कारण रुपियाँ निकालेको म्यासेज आएको हुनसक्ने तिनले सोचे तर पछि उक्त रुपियाँ फिर्ता नआएपछि थानामा पुगेर पुलिसलाई घटना सम्बन्धमा तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *