सिलगढीमा ब्याङ्क अफ बड़ौदाको तर्फबाट दुईदिने प्रपर्टी एक्सपो मेला शुरू

सिलगढी : ब्याङ्क अफ बड़ौदाले सिलगढीवासीहरूको लागि दुईदिने प्रपर्टी एक्सपो मेलाको आयोजना गरेको छ। यस प्रपर्टी एक्सपो मेला आजदेखि शुरू गरिएको छ भने उक्त मेला भोलि आइतबारसम्म चल्नेछ। उक्त मेलामा ब्याङ्क अफ बड़ौदाले सिलगढीवासीहरूको निम्ति प्रपर्टी, कार र बाइकको लोन सम्बन्धि सबै जानकारी दिइनेछ। यसको साथै मेला अवधि कम ब्याजमा ब्याङ्क अफ बड़ौदा मार्फत् लोन लिएर मानिसहरूले घर, गाड़ी तथा बाइक किन्न सक्नेछन्। ब्याङ्क अफ बड़ौदाका रिजनल हेड लोकसाङ शेर्पाले बताएअनुसार हाल देशभरिमै ब्याङ्को तर्फबाट यस प्रकारको प्रपर्टी एक्सपो मेला चलिरहेको छ भने यता सिलगढीमा पनि आजदेखि दुईदिने मेलाको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *