सिलगढीमा बाह्रौ श्रेणीको विद्यार्थीद्वारा झुन्डिएर आत्महत्या

सिलगढी: सिलगढीको ज्योतिनगर इलाकामा बाह्रौ श्रेणीका छात्र सोमनाथ साहाले आत्महत्या गरेको मामिला सामु आएको छ। उक्त घटनापछि इलाकामा शोकको माहौल छाएको छ। जानकारी अनुसार सोमनाथ सिलगढी बोइज हाई स्कूलका छात्र थिए। तिनी पढ़ाईमा पनि अब्वल थिए। पढ़ाईलाई लिएर मानसिक तनाव भएपछि तिनले यस्तो कदम चालेको हुनसक्ने परिवारका सदस्यहरूले अनुमान लगाएको छ। पारिवारिक सूत्र अनुसार मंगलवार दिउँसोको खाना खाएर तिनी रूममा पढ्न गएका थिए तर साँझमा तिनलाई झुन्डिएर आत्महत्या गरेको अवस्थामा बोजुले देखे। यसपछि पुलिसलाई यसबारे जानकारी दिए। पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमर्टमको लागि मेडिकल कलेज पठाएपछि आज तिनको पोस्ट मर्टम गरेर घरमा ल्याइपुऱ्यायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *