सिलगढीमा ब्याट्री बनाउने कारखानामा आगलागी

सिलगढी : एनजेपी थाना अन्तर्गत पर्ने मिनी सचिवालय उत्तरकन्याको पछिल्तिर गत अबेर राति इन्डस्ट्रियल एरियामा रहेको एउटा ब्याट्री बनाउने कारखानामा आगलागी हुँदा इलाकामा भागदौड मच्चियो। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले गत राति लगभग 2 बजी तीव्र अवाज सुनेपछि बाहिर निस्केर हेर्दा ब्याट्री फ्याक्ट्रीमा आगो लागेको देखेपछि तत्कालै दमकल विभागलाई आगलागीबारे खबर दिए। घटनाको खबर पाएर दमकलको चारवटा इञ्जिन र एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। उक्त आगलागीमा धेरै क्षय-क्षति भएको बताइएको छ। के कारणले गर्दा उक्त आगलागी भयो भन्नेबारे हालसम्म थाहा नलागे तापनि सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने दमकल विभाग र पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *