सिलगढीमा भव्य रूपमा सरस्वती पुजा पालन 

सिलगढी : सिलगढी सहरमा ठाउँ-ठाउँमा बडोहर्षोल्लासको साथमा सरस्वती पुजा पालन गरिरहेको छ। यहाँको स्कुल, कलेजलगायत प्रायःजसो घर-घरमा विद्याको देवी सरस्वती माताको विधि विधानको साथमा पुजा अर्चना गरेको देखियो। यसै क्रममा सिलगढी कलेजमा पनि माता सरस्वतीको पुजा भव्य रूपमा पालन गरिरहेको छ। सरस्वती पुजाको अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरियो। एसएसबी, बीएसएफ, पुलिस आ‌र्म्स फोर्स, पुलिस थानालगायत यहाँको विभिन्न ठाउँहरू खोरीबारी, एनजेपी, बाघडुग्रा, नक्सलबारी, विधाननगर, घोषपुकुर, मतिगढा, पानीट्याङ्की, आदि क्षेत्रको धेरैजसो सार्वजनिक ठाउँहरूमा माता सरस्वतीको पुजा अर्चना गरेको देखियो। विद्या, सुख, समृद्धिको कामना गर्दै मानिसहरूले माता सरस्वतीलाई पुष्प अर्पण गर्दै पुजा अर्चना गरे। विशेष गरेर विद्यार्थीहरूले निक्कै उत्साहको साथमा माता सरस्वतीको पुजा अर्चना गर्नको साथै ससाना नानीहरूदेखि लिएर युवतीहरूले साडी लगाएर आफ्ना साथीहरूसँग पुजा घुमिरहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *