सिलगढीमा भाजपा विधायकको घरअघि तृणमूल-को विरोध प्रदर्शन

सिलगढी : सिलगढीमा भाजपा विधायक शंकर घोषको घरअघि तृणमूल कङ्ग्रेसले विरोध प्रदर्शन गर्यो। आज सिलगढी नगरनिगमको 24 नम्बर वार्डको भरतनगर इलाकामा विधायकको घरदेखि केही पर मञ्च बनाएर तृणमूल कङ्ग्रेस सिलगढी टाउन 2-का समर्थकहरूले विरोध प्रदर्शन गरे। तथापि, विधायक सहरदेखि बाहिर छन्। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पापिया घोष र मेयर गौतम देवले केन्द्रमाथि वञ्चित गरेको आरोप लगाउँदै आवाज उठाए। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पापिया घोष, सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *