सिलगढ़ीमा भाजपाको जन सम्पर्क अभियान

सिलगढी : सिलगढी नगरनिगमको 3 नम्बर वार्डमा भाजपाका राज्य महासचिव रथीन्द्रनाथ बोस र जिल्ला अध्यक्ष प्रवीण अग्रवालको नेतृत्वमा आज जन सम्पर्क अभियान चलाइयो। यस अभियान अवधि भाजपा नेता रथीन्द्रनाथ बोस र प्रवीण अग्रवालले तीन नम्बर वार्डस्थित गुरूङ बस्ती बजारमा सब्जी विक्रेता र साधारण मानिसहरूलाई एनआरसी अनि सीएए-बारे जागरूक गराउँदै लिफलेटहरू बाँडे।


विरोधी पार्टीहरूले एनआरसी र सीएए-बारे मानिसहरूमा विभ्रान्ति फैलाइरहेको आरोप लगाउँदै रथीन्द्रनाथ बोस र प्रवीण अग्रवालले उक्त कानुनले कसैको पनि नागरिकता नखोसिने बताए। यस कानुनको माध्यमद्वारा शरणार्थीहरूले भारतको नागरिकता पाउने तिनीहरूले बताए। भाजपा साधारण मानिसहरूको हकको लागि लड्दैछ अनि भविष्यमा पनि लडिरहने छ भन्दै सबैलाई भाजपा सरकारमाथि विश्वास राख्ने आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *