सिलगढीमा भाजपा-को चिया चर्चा कार्यक्रममा अंश ग्रहण गरे शङ्कर घोषले

सिलगढी : विधानसभा चुनाउको मुखैमा साधारण मानिसहरूसित सम्पर्क गर्ने उद्देश्य लिएर भाजपा नेता शङ्कर घोषले आज चिया चर्चा कार्यक्रममा अंश ग्रहण गरे। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको 15 नम्बर वार्डस्थित शान्तिमोडमा भाजपा नेता शङ्कर घोषले चिया चर्चा कार्यक्रमअन्तर्गत पार्टीका कार्यकर्ताहरूसित भेटेर चुनाउबारे चर्चा गरे।


यस अवसरमा भाजपा सिलगढी सांगठनिक जिल्ला सभापति प्रवीण अग्रवाल, राजु साहा लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। चिया चर्चा कार्यक्रमपछि शङ्कर घोषले उक्त वार्डस्थित दोकान तथा घर-घरमा गएर चुनाउ प्रचार गर्दै पर्चाहरू वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.