सिलगढी भाजपाको कार्यालय जलेर स्वाहा, विपक्षी पार्टीको हात रहेको आरोप

सिलगढी (निसं) : सिलगढी भारतीय जनता पार्टी मण्डल नम्बर 4 को पार्टी कार्यालयमा गत अबेर राति कथित रूपले आगो लागेर जलेको घटना सामु आएको छ। उक्त आगलागीमा पार्टी अफिसको सबै फर्नीचरहरू सहित अवश्यक कागज पत्रहरू पनि सबै जलेर स्वाहा भएको बताइएको छ। भाजपा कार्यकर्ताहरूले आरोप लगाए अनुसार गत अबेर राति जानी-बुझी नै भाजपा कार्यालयमा आगो लगाइ दिएको हो। आज शुक्रवार बिहान सिलगढीको वार्ड नम्बर 23 मा सूर्यनगर मैदान सामु रहेको भाजपा कार्यालय खोल्न जाँदा स्थानीय भाजपा कार्यकर्ताहरूले कार्यालय जलेर सबै सर-समानहरू खाक भएको देखे। तथापि आगो कसले लगायो अथवा के कारणले कार्यालयमा आगो लाग्यो भन्ने बारे वास्तविक कारण अझसम्म स्पष्ट भएको छैन। तर, स्थानीय भाजपा नेतृत्वहरूले उक्त घटना पछि राज्यको सत्तारूढ पार्टीको हात रहेको आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *