सिलगढीमा भाजपाको रैली साथै महकुमा शासक कार्यालय घेराउ, तनाउको माहौल

सिलगढी (निसं): आरजी कर घटनाका दोषीहरूलाई कठोर सजायदिनु पर्ने साथै महिला सुरक्षामा विफल रहेकोले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो पदबाट राजीनामा दिनु पर्ने मांग गर्दै भाजपाले सिलगढी महकुमा शासक कार्यालय घेराउ गरेर विरोध प्रदर्शन गऱ्यो। आरजी कर मेडिकल कलेजको घटनालाई लिएर भाजपाले लगातार आन्दोलन गरिरहेको छ। कहिले सडकमा ओर्लिएर रैली, अनि कहिले 12 घन्टा बन्द गरेर भाजपाले आरजी कर घटनालाई लिएर राज्य सरकारलाई लगातार घेरिरहेको छ। आरजी कर घटना पछि भाजपाले महिला सुरक्षामा विफल रहेको कारण राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा दिनु पर्ने मांग गरिरहेको छ। यसै क्रममा आज राज्यभरिमा नै भाजपाले जिल्ला शासक कार्यालयको घेराउ कार्यक्रम गऱ्यो।
यसै अन्तर्गत आज सिलगढी साङ्गाठनिक भाजपा कमिटीको तर्फबाट पनि एसडीओ कार्यालय घेराउ गऱ्यो। भाजपाको घेराउ कार्यक्रमलाई ध्यानमा राखेर अगावै धेरै संख्यामा पुलिस बलको उपस्थितिमा सुरक्षा व्यवस्था कठोर राखेको थियो। आज भाजपा मल्लागढी पार्टी कार्यालयबाट रैली निकालेर एसडीओ कार्यालय पुग्यो। यसपछि भाजपा एसडीओ कार्यालयमा प्रवेश गर्नका लागि ब्यारिकेट भत्काइ दिएपछि पुलिससित धक्का मुक्की साथै भनावैरी पनि भयो। यसको केही समय पछि भाजपाले आफ्नो प्रदर्शन समाप्त गऱ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes