सिलगढीमा भाजपाको तर्फबाट महात्मा गाँधीको जन्मजयन्ती पालन

सिलगढी : भाजपाको तर्फबाट सिलगढीमा महात्मा गाँधीको 154औँ जन्मजयन्ती पालन गरियो। यसको साथै स्वच्छ भारत अभियान कार्यक्रमको पनि आयोजना गरियो। सिलगढी सांगठनिक जिल्ला भाजपाका नेतृत्व, कार्यकर्ता तथा समर्थकहरूले आज यहाँको हेड पोस्ट अफिस तथा कोर्ट मोडमा गाँधीजीको सालिगमा माल्यार्पण तथा पुष्प अर्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै गाँधीजीको सालिग छेउ तथा सडकको साफ सफाई गरेर स्वच्छ भारत अभियान कार्यक्रम पालन गरियो। यस अवसरमा राज्य भाजपाका महासचिव सतीश धन्द, सिलगढी सांगठनिक जिल्लाको भाजपा अध्यक्ष अरूण मण्डल लगायत भाजपाका अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *