सिलगढीमा भिन्ना-भिन्नै चोरीको मामिलामा समान सहित 2 जना पक्राउ

सिलगढी (निसं) : मतिगढा थाना पुलिसले भिन्ना-भिन्नै चोरीको घटनामा 2 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा छोदेन देवान र बसीरुल शेख सामेल छन्। प्राप्त जानकारी अनुसार गत 31 अक्टोबरमा पत्थरघट्टा इलाकाको एउटा घरमा कोही नभएको फाइदा उठाएर चोरले घरबाट सुनको चेन चोरी गरेर चम्पट कसेको बताइएको छ। परिवारका सदस्यहरू हिजो फर्किआउँदा घरमा चोरी भएको थाहा पाएपछि घटनाबारे ग्रेस थापा नाम गरेकी एउटी महिलाले मतिगढा थानामा लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो राति नै सालबारीबाट छोदेन देवानलाई पक्राउ गरेर सोधखोज गर्दा चोरी गरेको सुनको चेन पनि उद्धार गरेको छ।


अर्कोतिर, गत 26 अक्टोबरको दिन मायादेवी क्लब नजिकबाट एउटा बाइक चोरी भएपछि बाइकको मालिकले घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका मतिगढा थाना पुलिसले आज बिहान मतिगढाको विश्वास कोलनी इलाकाबाट बसीरुल शेखलाई पक्राउ गर्नको साथै चोरी गरेको बाइक पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *