सिलगढीमा भिन्ना-भिन्नै चोरीको घटनामा 3 पक्राउ

सिलगढी : न्यु जलपाईगढी थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर दुईवटा भिन्ना-भिन्नै चोरीको घटनामा संलग्न रहेको आरोपमा 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत केही दिन अघि सिपाहीपाडा इलाकाको एउटा घरमा बहुमूल्य सुनको गर-गहना सहित नगद राशि चोरी भएको थियो। यसपछि घर मालिकले घटनाबारे एनजेपी थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा पुलिसले हिजो अभियान चलाएर एनजेपी साउथ कोलनी इलाका निवासी बाप्पा साहनी र छोटु महतोलाई पक्राउ गरेको छ। अर्कोतिर, फुलबारी इलाकास्थित एउटा मन्दिरमा चोरीको घटना घटेको थियो। एनजेपी थाना पुलिसले हिजो सिपाहीपाडा निवासी सन्तोष महतोलाई उक्त चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *