सिलगढीमा भिन्ना-भिन्नै चोरीको मामिलामा 7 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले भिन्ना-भिन्नै ठाउँमा भएको चोरी घटनामा संलिप्त रहेको आरोपमा 7 जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत 7 जुनको दिन एनजेपीको बाडीभाषा इलाकास्थित एउटा घरबाट नगद रुपियाँसहित बहुमूल्य गर-गहना चोरी भएको थियो। घर मालिक स्वपन चन्द्रले यसबारे एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले विश्वनाथ उर्फ कञ्चा र रवि सरकार नाम गरेको दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। आज आरोपी दुई व्यक्तिलाई जलपाईगढी अदालतमा पेश गरियो। अर्कोतिर, एनजेपी थानाको सुकान्त पल्लीको एउटा घरमा भएको छ। घर मालिक सुतपा साउथले बताएअनुसार लकडाउनको कारण लगभग दुई महिना अन्य राज्यमा फँसेका थिए। गत 5 जुनको दिन घर फर्कि आउँदा घरमा चोरी भएकोबारे थाहा पाएपछि घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 3 जना महिला एवम् 2 जना नाबालकलाई पक्राउ गर्नको साथै चोरी गरेको सबै सर-समान पनि उद्धार गरे। आरोपी 3 जना महिलालाई जलपाईगढी अदालतमा एवम् 2 जना नाबालकलाई जुबेनाइल कोर्टमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *