सिलगढीमा भिन्ना-भिन्नै ठाउँबाट आग्नेयास्त्र सहित दुईजना पक्राउ

सिलगढी : भक्ति नगर थाना र आशिधर आउटपोस्ट पुलिसले भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर गत राति आग्नेयास्त्रसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत राति भक्ति नगर थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर कुख्यात अपराधी राकेश दासलाई पक्राउ गरेको छ। पुलिसले आरोपी व्यक्तिबाट एउटा पिस्तोल र एक राउण्ड जिउँदो कार्तुस पनि उद्धार गरेको छ। अर्कोतिर, आशिघर आउटपोस्ट पुलिसले गत राति गोप्य सूचनाको आधारमा अभियान चलाएर आग्नेयास्त्र सहित राजेन महतोलाई पक्राउ गरेको छ। पक्रा परेका दुवै व्यक्तिविरुद्ध अवैध रूपमा हतियार राखेको मामिला दर्ता गरेर आज दुवैलाई जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.