सिलगढीमा भारत विकास परिषदको शाखा भोलि उद्घाटन गरिने 

सिलगढी : सिलगढीमा भोलिदेखि भारत विकास परिषद्को एउटा शाखा शुरू गरिने भएको छ। भारतीय संस्कृतिको रक्षाको लागि अराजनैतिक दलको रूपमा 1963 देखि देशभरिमै भारत विकास परिषदले कार्य गर्दै आइरहेको छ। संगठनका उत्तबंग सचिव कैलाश कान्दोईले सिलगढीको अग्रसेन रोडमा तिनीहरूको कार्यालय रहेको साथै भोलि एउटा गैर सरकारी होटलमा एउटा कार्यक्रमको माध्यमद्वारा सिलगढी शाखाको उद्घाटन गरिने बताए। उक्त संगठनले समाजमूलक केही कार्यहरू गर्दै आइरहेको साथै मानिसहरूको विभिन्न आवश्यकताहरू पनि पुरा गर्दै आइरहेको तिनले बातए। यसको साथै भविष्यमा उत्तरबंगको अन्य केही सहरहरूमा पनि भारतीय विकास परिषदको शाखा खोलिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *