सिलगढीमा भोलि बुदिष्ट सेलको समावेश हुने

सुकेपोखरी: पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा गठन गरिएको पश्चिम बंगाल बुदिष्ट सेलको आयोजनामा भोली शनिवार सिलगढीमा एउटा विराट समावेश गरिने भएको छ। सिलगढीको बाघाजिन पार्कमा सम्पन्न हुने समावेशमा पहाड लगायत तराई डुवर्स क्षेत्रबाट लगभग 12 हजार बुदिष्टहरूले आ-आफ्नो जातीय पहिरनमा अंश ग्रहण गर्ने भएको छ। समावेश शुरू हुन अघि सिलगढीको महानन्द ब्रीजदेखि बाघाजतिन पार्कसम्म एउटा विराट ऱ्याली पनि निकालिइने भएको छ। अल शेर्पा ऐसिसोसनको दार्जीलिङ तराई अनि डुवर्स केन्द्रिय समिति अध्यक्ष एवं शेर्पा कल्चरल बोर्ड चेयरमेन निमा वाङ्दी शेर्पाले यसबारे पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *