सिलगढीमा भोलि दुर्गा पुजा कार्निभलको आयोजना गरिने

सिलगढी: सिलगढीमा भोलि शुक्रबार दुर्गा पुजा कार्निभलको आयोजना गरिने भएकोले यसको तयारी शुरू भइसकेको छ। कार्निभललाई सुचारू रूपमा सम्पन्न गराउने उद्देश्य लिएर सिलगढी नगरनिगमका मेयर गौतम देवले आज अन्तिम प्रशासनिक बैठक गरे। बैठक अवधि मेयरले कार्निभलमा भाग लिने सबै क्लबका सदस्य तथा पुलिस अधिकारीहरूसित विभिन्न विषयमा चर्चा-परिचर्चा गरे। बैठकपछि मेयर गौतम देवले भने, उक्त कार्निभलमा मोठ 26 वटा क्लब र 4 वटा सांस्कृतिक दलले अंश ग्रहण गर्नेछन्। कार्निभलमा के-के नियमहरू रहेको छ, कहाँ अनि कसरी अलग-अलग क्लबले अंश ग्रहण गर्नेछ भन्ने विषयमा आज एउटा बैठक गरेर अन्तिम चर्चा गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *