सिलगढीमा भोलि मोदीले भाजपाको चुनावी जनसभालाई सम्बोधन गर्ने, सभा स्थलको जोड़तोड़ले तयारी

सिलगढी : प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि सिलगढीको कावाखालीमा भाजपा प्रार्थीहरूको समर्थनमा आयोजित चुनावी जनसभालाई सम्बोधित गर्ने भएका छन्।  सूत्रले दिएको जानकारी अनुसार प्रधानमन्त्री भोलि लगभग 12 बजेर 5 मिनटमा कावाखालीको मञ्चमा आइपुग्नेछन्। तिनी हेलिकप्टरमार्फत् कावाखालीमा आइपुग्ने छन् भने यसको लागि कावाखालीमा एउटा हेलीप्याड बनाइएको छ। हाल कावाखालीमा उक्त जनसभा स्थलको तयारी जोड़तोड़ले चलिरहेको छ। उक्त जनसभामा राज्य तथा केन्द्रीय नेताहरू पनि उपस्थित रहनेछन् भने दार्जिलिङ र जलपाईगढी विधानसभाका प्रार्थीहरू पनि जनसभामा उपस्थित रहने बताइएको छ। उक्त जनसभामा लगभग 1 लाख कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहने पार्टी सूत्रमार्फत् थाहा लागेको छ। भाजपाका नेताहरूले आज बिहानैदेखि सभा स्थलको निरीक्षण गरिरहेका छन् भने हेलिकप्टरको ट्रायल रन पनि गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *