सिलगढीमा भोलि शनिबारदेखि दुईदिने पर्यटन मेला शुरू

सिलगढी : सिलगढीमा भोलि 18 दिसम्बरदेखि दुई दिने पर्यटन मेला शुरू हुने भएको छ। मतिगढाको एउटा गैर सरकारी सपिङ मलमा 18 र 19 दिसम्बर दुई दिने पर्यटन मेलाको आयोजना गरिएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर मेला कमिटीका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। एसोसिएसन फर कनजरभेसन एन्ड टुरिजमका सदस्य राजु बसुले बताएअनुसार सिलगढी टुरिस्ट ट्रान्सजिट हबलाई टुरिस्ट हबमा परिणत गर्नु मेलाको मुख्य उद्देश्य रहेको छ। गत 2014 देखि ब्लु आई इन्डिया नाम गरेको एउटा अर्गनाइजेसनले उक्त मेलाको आयोजना गर्दै आइरहेको छ। उक्त मेलाले राज्य पर्यटनमा ठुलो भूमिका निर्वाह गरेको छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि 4 वटा राज्य एवम् केन्द्रको सहयोगमा उक्त मेलाको आयोजना गरिएको हो। उत्तरबंग एवम् सिक्किम बाहिर लगायत भारतवर्षको विभिन्न प्रान्त तथा पृथिवीको कुनै पनि ठाउँमा घुम्न जान चाहनेहरूले उक्त मेलाबाट विभिन्न जानकारी लिन सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *