सिलगढीमा भुस्याँहा कुकुरसित दुष्कर्मको घटना, आरोपी व्यक्तिको खोजी शुरू

सिलगढी : सिलगढीमा एकजना व्यक्तिले भुस्याँहा कुकुरसित दुष्कर्म गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार गत 13 दिसम्बरमा आशीघर आउटपोस्ट अन्तर्गत डाबग्राम 2 नम्बर ग्राम पञ्चायत स्थित पूर्व फकदईबाड़ी इलाकामा रातिको समय गोपाल दास नाम गरेका एकजना व्यक्तिले घरमा कोही नभएको फाइदा उठाएर इलाकाको लगभग 18 महिनाको एउटा भुस्याँहा कुकुरसित दुष्कर्म गरेको बताइएको छ। उक्त घटना अघि आएपछि स्थानीय मानिसहरूले सिलगढी एनिमल हेल्पलाइन संस्थाका प्रिया रूद्रसित मिलेर हिजो गोपाल दासविरुद्ध आशीघर आउटपोस्टमा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा आशीघर आउटपोस्ट पुलिसले तत्कालै कार्वाही शुरू गरेको छ। पुलिसले आज उक्त कुकुरको मेडिकल जाँच गर्नको साथै आरोपी व्यक्तिको विभिन्न ठाउँमा खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *