सिलगढीमा विधानसभा चुनाउलाई लिएर भाजपाको कार्यशाला

सिलगढी :  सिलगढीको वर्द्धमान रोडस्थित भवनमा आज आउँदो विधानसभा चुनाउलाई लिएर भाजपाको एउटा कार्यशालाको आयोजना गरियो। उक्त कार्यशालामा भाजपा राष्ट्रिय महासचिव शिवप्रकाश चौहान, राष्ट्रिय सचिव अरविन्द मेनन, राज्यका सहसचिव अमिताभ चक्रवर्ती, बालुरघाटका सांसद सुकान्त मजुमदार, दार्जिलिङका सांसद राजु विष्ट लगायत अन्य नेताहरू उपस्थित थिए। पश्चिम बंगालबाट तृणमूल सरकारलाई हटाउने प्रमुख लक्ष्य लिएर नै भाजपाको कार्यशालाको आयोजना गरिएको सांसद राजु विष्टले बताए। कार्यशालामा आज आउँदो विधानसभा चुनाउलाई केन्द्र गरेर के-कस्ता पाइलाहरू चाल्नुपर्ने भन्ने विषयबारे पार्टीका नेताहरू तथा कार्यकर्ताहरूलाई निर्देश दिएको तिनले जानकारी गराए। यसैगरी, तिनले गरेको दावी अनुसार सिलगढी लगायत वरिपरि क्षेत्रका अन्य पार्टीका केही शीर्ष नेताहरूले आफ्नो पार्टी त्यागेर भाजपामा सामेल हुने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *