सिलगढीमा बिहिबार साँझ 5 बजीदेखि 12 फरवरीसम्म रम-रक्सी बिक्रीमा प्रतिबन्ध

सिलगढी : दिनहुँ रम-रक्सी पिउने आदत भएका सिलगढीका मानिसहरूको लागि यो महत्वपूर्ण सूचना रहेको छ। किनभने भोलि बिहिबार साँझ 5 बजीदेखि सिलगढी नगरनिगम क्षेत्रमा रहेको सबै रम-रक्सीका दोकानहरू बन्द रहने भएको छ। आगामी 12 फरवरीको दिन सिलगढी नगरनिगम चुनाउ भएकोले गर्दा सहरमा शान्ति व्यवस्था बनाइ राख्नको लागि नै रम-रक्सीको दोकानहरू बन्द रहने बताइएको छ। 10 फरवरी साँझ 5 बजीदेखि आगामी 12 फरवरीसम्म रम-रक्सीको बिक्री बन्द रहनेछ। यसको साथै नगरनिगम चुनाउको मतगणना हुने दिन 14 फरवरीमा पनि रम-रक्सीको बिक्रीमा प्रतिबन्ध लगाएको छ। सरकारी दिशा-निर्देश जारी गरेर यस प्रकारको जानकारी गराइएको छ। यसलाई लिएर रम-रक्सीका व्यवसायीहरूलाई पनि सूचित गरिएको छ। जारी निर्देशअनुसार चुनाउ अवधि शान्ति कायम राख्ने उद्देश्य लिएर आगामी 12 फरवरीसम्म रम-रक्सीको दोकानहरू बन्द रहनेछ। यसको साथै 14 फरवरीको दिन पनि रम-रक्सीको बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। उक्त निर्देश सिलगढी नगरनिगम इलाकामा मात्र मान्य रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *