सिलगढीमा बिल्डिङको नकली प्लान बनाएको आरोपमा एकजना पक्राउ

सिलगढी : सिलगढी नगरनिगमको 15 नम्बर वार्ड निवासी एकजना व्यक्तिलाई बिल्डिङको नकली प्लान तयार गरेको आरोपमा पानीट्याङ्की आउटपोस्ट पुलिसले पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति रञ्जीत दासको रूपमा चिन्हित गरिएको छ। आरोपी व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि न्यायाधीशले पाँच दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी इञ्जीनियर रञ्जीत दासले नकली बिल्डिङ प्लान बनाउने धन्धा गर्ने गर्दछ। आरोपीलाई रिमान्डमा लिएर जाँच गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *