सिलगढीमा बायो-टोयलेट सेवा शुरू

सिलगढी: पर्यावरणको सुरक्षाको लागि सिलगढीमा बायो-टोयलेटको शुरूवात गरेको छ। रोटरी क्लब अफ सिलगढीको सहयोगमा सिलगढी नगर निगमको 18 नम्बर वार्डका पार्षद सञ्जय शर्माको पहलमा बागराकोर्टको पुरानो बस स्ट्यान्डस्थित उक्त बायो टोयलेट निर्माण गरिएको छ। यस प्रकारको सेवा हाल मोठ पाँच शौचालयमा शुरू गरिएको बताइएको छ। आज यस बायो-टोयलेटको उद्घाटन सिलगढी नगर निगमका मेयर परिषद माणिक दे-ले गरे।  यस अवधि रोटरी क्लब अफ सिलगढीका अध्यक्ष अंकित अग्रवाल, सचिव नितेश अग्रवाल, भावेश सरावगी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *