सिलगढीमा बिरामी छात्राले अस्पतालमै दिइन् माध्यमिक परीक्षार्थी

सिलगढी : भाइरल फिभरले पीड़ित एउटी छात्राले सिलगढी अस्पतालको बेडमा बसेर माध्यमिक परीक्षा दिइन्। छात्रा अनन्या घोष सिलगढीको चम्पासारीस्थित श्रीगुरु विद्यामन्दिर स्कुलकी छात्रा हुन्। ज्वरो आएपछि हिजो तिनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेको थियो। उक्त छात्राको परिवारका सदस्यहरूले यसबारे स्कुल प्रबन्धनलाई जानकारी दिएपछि स्कुलको तर्फबाट माध्यमिक शिक्षा बोर्डलाई सूचना गराइयो। यसपछि अस्पतालमा छात्रालाई परीक्षाको व्यवस्था गरिएको छ। आज सिलगढी जिल्ला अस्पतालमा उक्त छात्राले जीव विज्ञानको परीक्षा दिइन्। परीक्षार्थीको परिवारका सदस्यहरूले बताएअनुसार अनन्या घोष केही दिनदेखि बिरामी थिइन्। ज्वरो सहित टाउको दुखेकोले गर्दा हिजो जिल्ला अस्पतालमा लगेपछि चिकित्सकहरूले तिनलाई भर्ना गर्ने सुझाउ दिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *