सिलगढीमा विश्वकप फुटबलको फिभर, मेयर परिषदले अर्जेन्टिनाको समर्थनमा सहरमा निकाल्यो र्‍याली

सिलगढी : सिलगढीका फुटबल प्रेमीहरूलाई पनि फिफा फुटबल विश्वकपको ज्वरोको पारा निक्कै चढेको छ। केही ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनी लगायत विभिन्न टोलीका समर्थकहरू छन् भने प्रायःजसोले सोशल मीडियादेखि लिएर अन्य विभिन्न माध्यमद्वारा आफ्ना मनपर्ने फुटबल टोलीलाई समर्थन जनाइरहेका छन्। यसै क्रममा सिलगढीको 13 नम्बर वार्डको नगरनिगमका मेयर परिषद, सफाई कर्मचारी तथा वार्डका मानिसहरू अर्जेन्टिनाको समर्थनमा सड़कमा ओर्लिएको देखियो। निलो र सेतो रङ्गको अर्जेन्टिनाको जर्सी लगाएर आफ्नो मनपर्ने फुटबल टोलीको समर्थनमा एउटा र्‍याली पनि निकाले। उक्त र्‍यालीमा मेयर परिषद तथा 13 नम्बर वार्डका पार्षद माणिक दे प्रमुख रूपमा उपस्थित थिए। पोल्यान्ड र अर्जेन्टिनामाझ आगामी 1 दिसम्बर राति साढ़े 12 बजी भिडन्त हुने भएको छ भने उक्त म्याचमा जीत हासिल गर्न सके मात्र अर्जेन्टिनाले अन्तिम सोह्रमा प्रवेश गर्न सक्नेछ। यसैले अर्जेन्टिनाका फ्यानहरूले यस दिनको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *