सिलगढीमा विश्व दिव्याङ्ग दिवस पालन

सिलगढी : सिलगढीमा विश्व दिव्याङ्ग दिवस पालन गरियो। पश्चिमबंग राज्य प्रतिबन्दी सम्मिलनी एवम् नर्थ बेङ्गल ह्यान्डीक्याप रिह्याबिलिटेसन सोसाइटीको तर्फबाट आज भिन्ना-भिन्नै शोभायात्राको आयोजना गरियो। उक्त शोभायात्राले सिलगढी सहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। उक्त शोभायात्रामा दिव्याङ्ग स्कुलका नानीहरू, किशोर-किशीरीहरूले अंश ग्रहण गरेका थिए।


यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, मानिक दे, नान्टु पाल,पश्चिमबंग राज्य प्रतिबन्दी सम्मिलनीका सदस्य मणि थापा, नर्थ बेङ्गल ह्यान्डीक्याप रिह्याबिलिटेसन सोसाइटीका सदस्य सञ्चिता लामा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *