सिलगढीमा विश्व मानव तस्करी विरोधी दिवस पालन

सिलगढी : सिलगढीमा विश्व मानव तस्करी विरोधी दिवस पालन गरियो। सिलगढी महिला थानाको पहलमा एवम् वर्ल्ड भिजन, सिनी, गुरूकुल लगायत अन्य केही स्वयम्‌सेवी संगठनहरूको सहयोगमा ससाना नानीहरूलाई लिएर एउटा शोभायात्रा निकालिइयो। उक्त शोभायात्राको माध्यमद्वारा साधारण मानिसहरूलाई मानव तस्करीबारे जागरूक पनि गराइयो। भारतवर्षमा मात्र नभएर विश्वभरिमै मानव तस्करी बढिरहेको छ। मानव तस्करीलाई रोक्न प्रशासन तत्पर रहेको छ भने यसबारे मानिसहरू जागरूक हुनु आवश्यक रहेको छ। यसैले मानिसहरूलाई मानव तस्करीबारे सचेतनता गराउने उद्देश्य लिएर आज हातमा प्ला कार्ड बोकेर ससाना नानीहरूलाई साथमा लिएर एउटा शोभायात्रा निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त शोभायात्रामा सिलगढी महिला थानाका आईसी ममताज बेगम लगायत विभिन्न स्वयम्‌सेवी संस्थाका सदस्यहरू उपस्थित थिए


Leave a Reply

Your email address will not be published. Required fields are marked *