सिलगढीमा वृद्धको शव उद्धार, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढीको जङ्क्सन संलग्न महकुमाशासक कार्यालय नजिक बन्द दोकान अघि एकजना अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले महकुमाशासक कार्यालय नजिक एउटा दोकान अघि एकजना वृद्धलाई अचेत अवस्थामा देखेपछि नजिकमा गएर हेर्दा उक्त वृद्धको मृत्यु भइसकेको थाहा पाए। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त व्यक्तिले जङ्क्सन इलाकामा रिक्सा चलाउने गरेकोबारे स्थानीय मानिसहरूसित सोधखोज अवधि पुलिसले थाहा पाए। के कारणले गर्दा तिनको मृत्यु भएको हो भन्नेबारे पोस्टमार्टम रिपोर्टपछि मात्र थाहा लाग्ने बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *