सिलगढीमा ब्राउन सुगरसहित 4 पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको भक्तिनगर थाना पुलिसले अभियान चलाएर 260 ग्राम ब्राउन सुगरसहित 4 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सञ्जीत राउत, अङ्कित शर्मा, मोहम्मद सिराज र तन्मय घोषको रूपम सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार हिजो राति प्रकाशनगर इलाकामा दुईवटा बाइकमा 4 जना युवकहरू ब्राउन सुगर बिक्री गर्ने उद्देश्यले बसिरहेको खबर पाएपछि भक्तिनगर थाना पुलिसले अभियान चलाएर 260 ग्राम ब्राउन सुगरसहित 4 जना युवकलाई पक्राउ गरेको थियो। जफत गरेको ब्राउन सुगरको बजार मूल्य 2 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *