सिलगढीमा ब्राउन शुगर अनि 5 लाख रूपियाँ नकद उद्धार, एकजना पक्राउ

सिलगढी (निसं): गोप्य सूचनाको आधारमा एसओजी अनि एनजेपी थाना पुलिसले सिलगढीको कावाखालीमा विश्व बाङ्ग्ला हाट अघिबाट ब्राउन शुगर अनि 5 लाख रूपियाँ नगद उद्धार गरेको छ। यसको साथै उक्त घटनामा एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। आरोपीको नाम मुकीद आलम रहेको छ। तिनी फाँसीदेवा निवासी हुन्। प्राप्त जानकारी अनुसार गोप्य सुइँको पाएर एसओजी र बाघडुग्रा पुलिसले मंगलवार अपरान्ह बाघडुग्रामा संयुक्त अभियान चलाएर करोड़ौं रूपियाँको ब्राउन शुगर अनि 17 लाख नकद उद्धार गरेको थियो। ठीक त्यही समय यता, कावाखालीको विश्व बाङ्ग्ला हाटबाट एसओजी र एनजेपी थाना पुलिसले एउटा सानो चार चक्के वाहन जफत गरेको छ। यसपछि छानबिन गर्दा वाहनबाट 622 ग्राम ब्राउन शुगर र 5 लाख रूपियाँ नगद उद्धार गरेको छ। उक्त घटनामा एकजना मादक तस्करलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार आरोपी धेरै समयदेखि यस धन्दामा संलग्न थिए। आज तिनलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *