सिलगढीमा ब्राउन सुगर सहित 3 जना पक्राउ

सिलगढी : स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्ति नगर थाना पुलिसले संयुक्त अभियान चलाएर 300 ग्राम ब्राउन सुगर सहित 3 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा विजय साहनी, मंगलू शेख अभिषेक मल्लिक  सामेल छन्। प्राप्त जानकारी अनुसार मंगलू शेख ब्राउन सुगर लिएर मालदा कालियाचकबाट ट्रेनमा सवार भएर एनजेपी रेलवे स्टेशनमा आइपुगे। यसपछि भक्तिनगर थाना अन्तर्गत इलाका निवासी विजय साहनी र अभिषेक मल्लिक ब्राउन सुगर लिन पीसी मित्तल बस स्ट्यान्ड पुगेका थिए। गोप्य सूचनाको आधारमा एसओजी र भक्ति नगर थाना पुलिसले संयुक्त रूपमा अभियान चलाएर तिनीहरूलाई पक्रेर छानबीन गर्दा मंगलू शेखबाट 300  ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *