सिलगढीमा ब्राउन सुगरसहित 3 जना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा डीडी र एसओजीले संयुक्त अभियान चलाएर ब्राउन सुगर सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू मुर्शिदाबाद जिल्लाको लालगोला थाना अन्तर्गत इलाका निवासी क्रमैले आलमगीर शेख, मोहम्मद आनसर शेख र रेजाबुल हकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सिलगढीको शहीदनगर मोड इलाकामा डीडी र एसओजीले संयुक्त अभियान चलाएर एउटा मालवाहक पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा 380 ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै तीनजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यसपछि पक्रा परेका तीनजना व्यक्तिलाई भक्तिनगर थाना पुलिसलाई सुम्पिदियो। पक्रा परेका तीनजना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *