सिलगढीमा बीएसएनएल कार्यालय अघि रहेको एउटा घरमा आगलागी

सिलगढी : सिलगढी बोइज हाई स्कुल संलग्न बीएसएनएल कार्यालय अघि रहेको एउटा घरमा आगो लाग्दा इलाकामा भागदौड मच्चियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो स्थानीय मानिसहरूले उक्त घरबाट धुँवा निस्केको देखेपछि घटनाबारे दमकल विभाग तथा सिलगढी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन, सिलगढी पुलिस र बिजुली विभागका कर्मीहरू घटनास्थलमा पुगेपछि दमकल कर्मीहरूले केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। तथापि, के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा थाहा लागेको छैन। सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने दमकल विभागले प्राथमिक अनुमान लगाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *