सिलगढीमा व्यक्तिलाई अपहरण गरेको आरोपमा 2 जना पक्राउ

सिलगढी (निसं): आशीघर आउटपोस्ट पुलिसले सिलगढी थानाको सहयोगमा अपहरण भएका व्यक्तिलाई सकुशल उद्धार गर्नको साथै 2 जना अपहरणकर्तालाई पनि पक्राउ गरेको छ। पक्रा परेकाहरूमा निलाद्री तालुकदार र शुभङ्कर सरकार सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति आशीघर आउटपोस्टमा अनिल बर्मन नाम गरेका 40 वर्षीय व्यक्ति अपहरण भएको विषयमा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले पहरणकर्ताहरूले अनिलको परिवारलाई 2 लाख रुपियाँ फिरौती मागेको थाहा पाए। यसपछि आशीघर आउटपोस्ट पुलिसले सिलगढी थानाको सहयोगमा कलेज नजिकबाट अपहृत अनिललाई सकुशल उद्धार गर्नको साथै 2 जना अपहरणकर्तालाई पक्राउ गरेको छ। तथापि, अन्य केही अपहरणकर्ता भाग्न सफल भएको बताइएको छ। अपहृत अनिल बर्मनले बताएअनुसार घर फर्किरहेको समय भक्ति नगर थाना अन्तर्गत स्वामीजी मोड संलग्न इलाकामा केही व्यक्तिहरूले तिनलाई गाँजा मागे। यसपछि तिनलाई पक्रेर सुनसान ठाउँमा लगेर बाँधिदियो। पछि अपहरणकर्ताहरूले आफूलाई छोड्नको लागि परिवारका सदस्यहरूलाई 2 लाख रुपियाँ माग गर्यो। पक्रा परेका 2 जना अपहरणकर्तालाई आज जलपाईगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwinbahsegel girişholiganbetholiganbet girişonwinpusulabet girişgrandpasha girişbets10casibom girişistanbul escortextrabetescort beylikdüzücasibomistanbul escort