सिलगढीमा कार्टूनको गोदाममा आगलागी

सिलगढी: सिलगढी नगर निगमको 46 नम्बर वार्ड चम्पासाड़ी मोड़ संलग्न काली मन्दिरको विपरित बर्फ फ्याक्ट्री छेउको एउटा कार्टूनको गोदाममा भर्खरै आगो लागेको जानकारी प्राप्त भएको छ। घटनाको खबर पाउऩ साथ दमकलको तीनवटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ। आगोलाई अझ फैलिन नदिनको लागि गोदामभित्र भएको कार्टूनहरू जेसीबी मशिनको सहयोगमा बाहिर निकालिइयो। दमकलको तीनवटा इञ्जिनको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त घटनामा गोदामसहित त्यसभित्र रहेको कार्टूनहरू जलेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *