सिलगढीमा चालकलाई नशालु पदार्थ खुवाएर टोटो लिएर चम्पट कस्यो बदमाश

सिलगढी: सिलगढीको मतिगढा इलाकामा एकजना बदमाशले टोटो चालकलाई नशालु पदार्थ खुवाएर टोटो लिएर चम्पट कसेको घटना प्रकाशमा आएको छ। नयाँ वर्षको पहिलो दिन नै यस प्रकारको घटनाले सनसनी मच्चियो। यो घटना आज मतिगढा फ्लाईओभर नजिक यीशु आश्रम अघि घटेको हो। प्राप्त जानकारी अनुसार विशाल महन्त नाम गरेका एकजना टोटो चालकको यात्री बनेर एकजना व्यक्ति चढेका थिए। उक्त व्यक्तिले चालक विशाललाई पानीमा केही नशालु पदार्थ मिसाएर खुवाएको केही बेरमै विशाललाई निदाएपछि उक्त व्यक्तिले तिनलाई सडकमै छोडेर टोटो लिएर चम्पट कसेको बताइएको छ।  घटनापछि स्थानीय मानिसहरूले विशाललाई सडकबाट उद्धार गरेर घटनाबारे मतिगढा थानालाई जानकारी गराए। अभियोगको आधारमा पुलिसले सहरको विभिन्न ठाउँमा चोरी गरेको टोटो र बदमाशको खोजी शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes