सिलगढीमा छापामारी अवधि पुलिसमाथि गोली चलाउँदा आईसी भाग्यले बाँचे, सब-इन्स्पेक्टर घाइते

सिलगढी (निसं): सिलगढी सहरमा केही बदमाशहरूले पुलिसमाथि गोली चलाएको घटना प्रकाशमा आएको छ। हिज सोमबार राति भएको उक्त घटनामा पुलिस अधिकारी आईसी भाग्यले बाँचे तापनि एकजना सब-इन्स्पेक्टर घाइते भएको छ। पुलिस सूत्र अनुसार सोमवार राति प्रधाननगर थाना पुलिस दार्जिलिङ मोड नजिक डांगापुर इलाकाको एउटा फ्लेटमा छापामारी गर्न गएको थियो। छापामारी अवधि प्रधान नगर थानाका आईसी अनिर्बान भट्टाचार्य पनि उपस्थित थिए। राज पाण्डे नाम गरेका एकजना व्याक्तिले आईसी-माथि गोली चलाए। तथापि, उक्त घटनामा आईसी अनिर्बान भाग्यले बाँचे तर सब-इन्स्पेक्टर रवीन्द्रनाथ सरकारको खुट्टामा गोली लाग्यो।आरोपीले चलाएको गोली लागेर आफै पनि घाइते भएको बताइएको छ। घाइते सब-इन्स्पेक्टरको हाल मतिगढीको एउटा नर्सिंङ होममा उपचार चलिरहेको छ। अर्कोतिर, घटनाबारे सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीले बताए अनुसार सम्पूर्ण घटनाको जाँच शुरू भएको छ। आरोपी राज पाण्डेमाथि केही आपराधिक आरोप रहेको पनि तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *